About-Us

About-Us 2017-10-25T05:27:57+00:00

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस नौलो बिहानी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विभागबाट वित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो । यसको केन्द्रिय कार्यालय ल.म.न.पा. वडा नं. २७ प्रयागपोखरी, लगनखेलमा अवस्थित छ । यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तिय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यत्तिहरु, व्यवसायी, उद्यमी, समाजसेवी वौद्धिक वर्ग तथा सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव हासिल गरिसकेका व्यत्तिहरु, व्यवसायी, उद्यमी, समाजसेवी वौद्धिक वर्ग तथा सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव हासिल भएका ब्यक्तिहरुको समुह आवद्ध छ । सदस्यहरु विचको कारोवारलाई आर्थिक गतिविधीमा मात्र सिमित नराखी शिक्षा, स्वास्थ्य, रोजगार लगायत सामाजिक जीवनका विविध सकारात्मक पक्षहरुमा सहकारी माध्यमबाट टेवा पुर्‍याउनु यस संस्थाको प्राथमिकता भित्र रहनेछ । समाजमा रहेका पिछडिएका वर्गलाई आर्थिक उन्नतीको मार्गमा अग्रसर गराउनुको साथै यस संस्थामा आवद्ध सदस्यहरुसँग रहेको निष्कृय पँुजिलाई स्वच्छ प्रतिस्पर्धा द्धारा निक्षेपमा आकर्षक ब्याज दिने र उत्पादनमुलक क्षेत्रको पहिचान गरी सुलभ र सुरक्षित तरिकाले उचित ब्याजदरमा कर्जा प्रवाह गरि सम्पुर्ण सदस्यहरुलाई आत्मनिर्भर र सक्षम व्यवसायी बनाउनका लागि यस संस्थाको स्थापना भएको हो ।